इक्यानको निर्वाचनमा निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले टीम घोषणा गर्ने तयारी गर्दै

पुस २४, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को यहि २६ गते हुने १४ औं साधारणसभा तथा निर्वाचनमा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले आफ्नो उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका छन् ।   

पाण्डेले आगामी कार्य समितिको नेतृत्व गर्न बृहद् टीम तयार गर्दै उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन् । यस अघि नै सफलतापूर्वक एक कार्यकाल इक्यानको अध्यक्ष भएर जिम्मेवारी संम्हाली सकेका प्रकाश पाण्डे पुनः इक्यानमा आएर इक्यानको गुमेको साख फर्काउने अभियानमा छन् ।   

सबैलाई मिलाएर लैजान सक्ने स्वभाव भएका प्रकाश पाण्डे इक्यानमा पुनः टीम नै बनाएर आउने भएपछि इक्यानीयनहरुमा हौसला बढेको छ । पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या सुल्झाउन तथा इक्यानलाई मर्यादित, ब्यवस्थित तथा सबैको साझा इक्यान बनाउने एजेण्डा बोकेर अगाडी बढेको बताएका छन् ।   

यसअघि इक्यानको सर्वसम्मत टीम बनाउने सन्दर्भमा तीन जनाको उम्मेदवार छनौट समिति नै गठन गरिएको थियो । उक्त समितिले पटकपटक सर्वसम्मत उम्मेद्वार छनौट गराउने विषयमा छलफल गरेपनि सहमति भइरहेको छैन । आज पनि उक्त समितिले सर्वसम्मत उम्मेद्वार छनौट गर्न नसकेको अवस्थामा प्रकाश पाण्डेले आफ्नो टीम घोषणा गर्ने तयारी गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *