उखु किसानले पाएनन् अझै १ अर्ब भुक्तानी, निस्सासिएर ८ जना भारतीयको मृत्यु, संसदमा सापकोटालाई गाह्रो

माघ ८, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले मकवानपुरको दामनमा निस्सासिएर मृत्यु भएका आठ भारतीय पर्यटकको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।   

आजका सबै जसो पत्रपत्रिकाले कभर गरेको यो समाचार अन्नपूर्ण पोस्टले मुख्य समाचार बनाएको छ । अन्नपूर्ण पोस्टले धादिङको ज्वालामुखी गाउँपालिका ४ (साविकको ढोला गाविस) मा रहेको ढोलामण्डलीमाइको दर्शन गरी भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक दुर्घटना हुँदा सातजनाको मृत्यु भएको समाचार पनि प्रकाशित गरेको छ । घटनामा ३७ भन्दा बढी यात्रुहरु घाइते भएका छन् । ट्रकमा ४५ जना यात्रु सवार रहेका थिए । 

यता नागरिक दैनिकले भने ‘सरकारको नौ विधेयक नागरिक अधिकारलाई संकुचन पार्ने खालको भन्दै ‘सरकारको नियत खराब’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । त्यसैगरी सभामुख अग्नि सापकोटालाई संसदमा सन्दुलन कायम गर्ने चुनौति रहेको समाचार प्रकाशित गरेको छ ।   

नयाँ पत्रिका दैनिकले भने उखु किसानले अझै रकम भुक्तानी नपाएको समाचार कभर स्टोरी बनाएको छ । नयाँ पत्रिकाका अनुसार उखु किसानले अझै एक अर्ब भुक्तानी पाउन बाँकी छ । चिनी मिल सञ्चालकले सरकारले दिएको माघ ३ गतेको म्यादको भाका नाघि सक्दा १६ प्रतिशत मात्र भुक्तानी दिएका छन् ।   

गोरखापत्र दैनिकले नेपाल–भारतले एकीकृत जाँच चौकी सञ्चालन गरेको समाचार प्रकाशित गरेको छ । हिजो नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल माध्यमबाट विराटनगर स्थित एकीकृत जाँच चौकी उद्घाटन गरेका थिए ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *