हेटौंडामा स्कुलको बसले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

फाेटाे फाइल 

माघ १७, हेटौँडा। हेटौँडामा शुक्रबार ना १ क ७००६ नं को एक स्कुल बसले १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   

हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले अटोलाई ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो ।   

Image result for अटोलाई ठक्कर दिँदा

दुर्घटनामा परी  हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिनको मृत्यु भएको छ भने उनको १४ वर्षीय छोरा मनोज पाख्रिन र बैतडी घर भई हाल हेटौँडा– ११ मा डेरा गरी बस्ने ३७ वर्षीय अटो चालक घाइते भएका छन् ।   

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुको उपचार चुरेहिल अस्पतालमा भईरहेको छ ।  घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *