सागको पदक विजेता सम्मानित

पुस २६, काठमाडौं । नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद (साग) मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेश्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो । 

सागको १३ औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेश्रो सागदेखि टेबलटेनिस पहिलोपटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबलटेनिसमा निरन्तर सहभागिता जनाउँदै आएको छ । 

सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबैभन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् । सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् । 

2.jpg

संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याललगायतले पदक विजेतालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । 

मन्दे र लक्ष्मी नगदसहित सम्मानित 

शिखरदिप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा कार्यक्रममा १३ औं सागमा दोहोरो पदक विजेता मन्देकाजी श्रेष्ठ र रजत पदक विजेता भरोत्तोलान खेलाडी लक्ष्मी बनलाई सम्मान गरेको छ ।   

संस्थाले श्रेष्ठलाई २५ हजार र लक्ष्मीलाई १० हजार नगदसहित सम्मानित गरको हो । उनीहरुलाई प्रमुख अथिति ललितपुर महानगरपालिका का प्रमुख चिरिबाबु महर्जनले सम्मानपत्र वितरण गरेका थिए भने सहकारीका अध्यक्ष केदारनाथ शर्माले खाता ओढाई सम्मान गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *