जापानलाई अझ नजिकबाट बुझ्न शुभाङ्गी एजुकेशनको स्टलमा आउन तिवारीको आग्रह

पुष २७, चितवन । चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । रत्ननगरको टिकौली चौरमा महोत्सब चलिरहदा आयोजकले शैक्षिक परामर्शदाताहरुको स्टललाई पनि बिशेष प्राथमिकता दिएको छ ।  जापान जान चहाने बिद्यार्थीहरुलाई सहि जानकारी दिन सकियोस भनेर स्टल नं. १२० मा काठमाण्डौ स्थित बागबजारमा मुख्य कार्यालय रहेको शुभाङ्गी एजुकेशन कन्सल्टेन्सिले आफ्नो स्टल पनि राखेको संस्थाका अध्यक्ष किसोर तिवारीले जानकारी दिए । 

उनले हालका दिनमा संस्थाले बिद्यार्थीहरुलाई उच्च शिक्षाको लागि जापानमा डिप्लोमा, ब्याचलर, मास्टर तथा पिएचडीमा अध्ययन गर्न पठाउने गरेको र जापानीज भाषाका कक्षाहरु पनि सञ्चालन गर्ने गरेको जानकारी दिए । तिवारीले जापानलाई अझ नजिकबाट बुझ्न चाहानुहुन्छ भने रत्ननगर महोत्सबको शुभाङ्गी एजुकेशन कन्सल्टेन्सिको स्टलमा आउन सबैलाई आग्रह पनि गरे । 

उनले खासगरि बिद्यार्थीहरु जापाज त पढ्न जान्छन तर त्यहा जादा के के समस्याहरु हुन्छन, के के कुरा सिकेर जादा राम्रो हुन्छ लगाएतका कुराहरु बुझेर नजादा समस्या आउने गरेको बताउदै महोत्सबमका केहि दिन आफु पनि स्टलमा रहने भएकाले भेटेरनै जानकारी लिन आग्रह पनि गरे । 

तिवारीले हाल संस्थाले जापानका बिभिन्न स्थानमा रहेका बिश्व विद्यालयहरुमा बिद्यार्थीहरुलाई पठाउन सफल भईरहेको जानकारी दिदै अबका दिनमा बिद्यार्थीहरुलाई जापान मात्र नभै फ्रान्स, इस्टोनिया, अष्ट्रेलिया, युके लगाएतका देशहरुमा पनि बिद्यार्थी पठाउने गरेको जानकारी दिदै रत्ननगर महोत्सबको स्टल नं। १२० मा आएर भेट्न सबैलाई पुन आग्रह पनि गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *