नवनियुक्त सभामुखलाई चीनबाट बधाई, राजदूतले दिइन भेटेरै शुभकामना

माघ १३, काठमाडौं । सभामुख अग्नि सापकोटालाई नेपालका लागि चिनियाँ राजदुतले भेटेर शुभकामना दिएकी छन् । सापकोटालाई पदभार सम्हालेकै राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेर कार्यकाल सफताको शुभकामना साथै वधाई दिएकी हुन् ।   

सभामुखले पदभार सम्हालेपछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दिउँसो २ बजे भेटवार्ता भएको हो ।   

सभामुख सापकोटा आइतबार सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । सोमबार उनलाई  राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । उनले आजै पदभार ग्रहण गरेका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *