खाना पकाउँदा जलेकी अनिता कुमारीकाे मृत्यु, श्रीमान पक्राउ

माघ १३, काठमाडाैं । खाना पकाइरहेका बेला आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा मृत्यु भएको छ । 

गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले अनिताका श्रीमानलाइ नियन्त्रणमा लिएकाे छ ।   

अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पति विनोद यादवलाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले घटना शङ्कास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जानकारी दिए । 

null

स्थानीयवासीले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शङ्कास्पद भएको बताएका छन् । वैदेशिक रोजगारीबाट करिब तीन महिनाअघि मात्र आएका विनोद र अनिताबीच पछिल्लो केही दिनदेखि सम्बन्ध विग्रिएकाे स्थानीयकाे भनाइ छ । स्थानीयले अनिताकाे मृत्युमा श्रीमानकाे हात हुन सक्ने शंका गरेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *