कहिले पाउने पीडितले न्याय ?

पुस २६, काठमाडौं । अहिले नेपालमा बहस सिद्धबाबा उर्फ कृष्ण बहादुर गिरीकै छ । उनी कसरी यति ठूला व्यक्ति भए त्यो उनै जानुन् । तर उनीबाट पीडित भएका भनिएकाहरुले न्याय पाउने कि नपाउने ? कहिले पाउने ? पीडकलाई नै पीडित मानेपछि वास्तविक पीडितहरुले न्याय पाउलान् ?   

ठूला व्यक्ति जस्तोसुकै आरोपमा मुछिदा पनि उम्किने संस्कारका कारण आम सर्वसाधारण आफू अन्यायमा पर्दा पनि न्यायालयसम्म धाउन गाह्रोे मान्छन् ।   

कृष्ण बहादुर गिरीबाट एकजना महिलामात्र होइन एउटा सिङ्गो समाज बलात्कृत भएको छ । धर्मको आडमा उनले देशका ठूला नेतादेखि प्रहरी प्रशासन र न्यायालयसम्मलाई  गुलाम बनाएको टड्कारै देखिएको छ ।   

उनको ढोंगीपनबाट अझैपनि उनका अनुयायीहरु मुक्त हुन सकेका छैनन् । त्यसको उदाहरण भनेको उनीबाट बलात्कृत महिलाले न्याय नपाउनुले देखाउँछ । सबै प्रमाणले उनी दोषी ठहरिँदा पनि उनको पाप तथा ककुर्म ढाकछोप गर्नेको ठूलै जमात छ ।   

जब उनलाई प्रहरीले हिरासतमा लियो, अस्पताल गएर बसे । त्यतै उनको संरक्षण भयो । जब अदालतमा मुद्दा चल्यो उनका अनुयायीहरु सडकमा उर्लिए । पीडित महिलालाई उल्टै आरोप लगाइयो, धम्क्याइयो । मुद्दालाई सामसुम बनाउन खोजियो । ठूलै चलखेलका बाबजुत पनि फौजदारी मुद्दा खेपेका उनी कसरी रिहा भए ? यो एउटा प्रश्न जनमानसमा छ ।   

न्यायलय नै विकेको आरोप पनि कतैकतै सुनिन्छ ! त्याे न्यायलय नै जानाेस् ।  

बलात्कार मात्रै होइन, उनीमाथि लागेका आरोप अरु पनि छन् । उनले घर नभएका सुकुम्बासीलाई हटाएर छाप्रोबाट पनि निकाली बेघर बनाइ दिएका छन् । चतराधामको १३ विघा जग्गा उनैले हडपेर बसेका छन् । र पनि संघीय सरकारले उनै गिरीलाई किन हटाउन नसकेको होला ?   

उनमा त्यस्तो के शक्ति छ ? उनीविरुद्ध बोल्नै डराउँछन् सबै । ती सब् काण्ड मच्चिँदा पनि गिरिप्रतिको विश्वास कस्तो ? उनकै आग्रहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भैंसी पूजे ! 

उनी के साच्चै भगवान हुन् ? कदापी होइनन् । उनी केवल ढोंगी हुन् । भगवान त करुणामय हुन्छन्, जो आफ्ना भक्तले गरेका गल्तीलाई सजिलै माफी दिन्छन् । उनीहरुको कल्याण गर्छन् । कसैलाई अन्यायमा पार्दैनन् । धम्की दिँदैनन् । कसैलाई बेघर बनाउँदैनन् ।   

गिरी केवल ढोंगी हुन् भन्ने सावित भइसक्दा पनि हामी उनलाई किन भगवानका रुपमा स्वीकार गरिरहेका छौँ ? हामी किन पीडितलाई झन् पीडित बनाइरहेका छौँ ?   

कसैले त्यसै भनेका होइनन्, ‘यो न्याय हराएको देश हो’ । यहाँ भइरहेछ यस्तै ! 

यहाँ उत्पीडित र निमुखा जनताले न्याय पाउँदैनन् । यहाँ त पीडा दिनेले न्याय पाउँछन् ! 

यस्ता उदाहरण धेरै छन् । दिवंगत बालिका निर्मला पन्तलाई नै हेरौँ न । उनले खै न्याय पाएको ? साँच्चै ठुलै ओहदाका मान्छे त मुछिएका छैनन् उनको बलात्कार र हत्यामा ? एउटा १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या भयो । उनका आमाबाबुले न्यायका लागि कति संघर्ष गरे ।  तर त्यसको पार नलागेपछि उनीहरु थाकेर बसेका छन् । कहिले पाउलिन् ती बच्चीले न्याय ?   

यहाँ त न्यायका लागि आन्दोलन गर्नुपर्छ । तैपनि न्याय पाउन त सकसै पर्छ । 

धन्न एउटा घटनामा पीडितले न्याय पाइन् ! त्यो पनि पाइन् कि पाइनन् उनैले जानुन्, तर पूर्व सभामुख कृष्णबहादुर महरा हिरासतमै छन् अहिलेसम्म । बलात्कारको आरोपमा ! 

त्यो भन्दा बाहेक अहिलेसम्म राजनीतिक आडमा गलत क्रियाकलाप गर्ने कसैले सजाय पाएको देखिँदैन । नेपालको न्याय सम्पादनमा उपलब्धि हुन सकेको छैन । हेराैँ, सुध्रिएला कि विस्तारै ! 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *