नेपाल आउन लागेका टेली अभिनेता करणवीरलाई रोके दिल्ली एयरपोर्टले

माघ १७, काठमाडौँ ।   नेपाल आउन लागेका चर्चित भारतीय टेलिभिजन कलाकार करणवीर बोहरालाई दिल्ली एयरपोर्टले नेपाल प्रवेश गर्न रोकेको छ । 

आफ्नो परिवार सहित नेपाल घुम्न आउन लागेका करण बिना पासपोर्ट आधार कार्डको माध्यमले नेपाल प्रवेश गर्न लागेपछी दिल्ली एयरपोर्टले उनलाई नेपाल प्रवेश गर्न रोकेको हो ।   

आधार कार्ड कुनै कार्ड ट्राभल डकुमेन्ट होइन, नियमका अनुसार हवाई यात्रामार्फत् नेपाल प्रवेश गर्न पासपोर्ट अनिवार्य हुनु पर्दछ ।   

Image result for करणवीर बोहरा

आफू नेपाल आउन नपाएपछि करणवीरले ट्वीट गरेका छन्  ‘नेपाल जानेबेला दिल्ली एयरपोर्टमा डिपोर्ट गरियो । आधार कार्डमार्फत् यात्रा गर्न अनुमती छैन । नेपाल सरकारले यसलाई स्विकार गर्दैन भने एयर इन्डियाले मलाई मुम्बईबाट उडान भर्नबाट किन रोकेन त ?’ 

एयर इन्डियाले करणवीर बोहराको ट्वीटको उत्तर पनि दिएको छ । यसमा एयर इन्डियाको एउटा फाइल पनि पोस्ट गरिएको छ । यसमा नेपाल यात्रा गर्नका लागि पासपोर्ट अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ । 

करणको उक्त ट्वीट अहिले यात्रा गर्नु भन्दा अगाडी आफ्नो जरुरी डकुमेन्ट लैजानुपर्छ भन्ने थाहा थिएन भन्दै ट्रोल भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =