सर्जकको सृजनामा म्युजिक नेपालको चोरी धन्दा, छोराबुहारी सडक बनाउने बाउ अनुगमन गर्ने

माघ ५, काठमाडौं । म्युजिक नेपालले विभिन्न सर्जकका गीतहरु अबैध रुपमा आफ्नो भन्दै कपी राइट लगाएको पाइएको छ । प्रतिष्ठित गीतकार, संगीतकार, गायकगायिकाबाट अनुमति नलिएकन म्युजिक नेपाल प्रा.लि.ले ५० हजार गीतको कपीराइट कब्जा गरेको छ ।   

आजको नयाँ पत्रिकाको कभरस्टोरी बनेको यो समाचारमा नारायणगोपाल, भक्तराज आचार्य, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, यादव खरेल, अरुणा लामा, तारादेवीदेखि नयाँ सर्जकसम्मका सिर्जना अनधिकृत रूपमा रिङ ब्याक टोन र युट्युबलगायत डिजिटल प्लेटफर्ममा बेचेर करोडौँ लुट मच्चाएको म्युजिक नेपालका विरुद्ध सर्जकहरू संगठित भएका छन् ।   

प्रेमध्वज प्रधानले आफ्नै खर्चमा मुम्बईमा रेकर्ड गराएको ‘घुम्तीमा नआऊ है’ गीतमा म्युजिक नेपालको व्यापार छ ।   

अम्बर गुरुङका गीत उनकै छोरा–नातिले युट्युबमा अपलोड गर्दा म्युजिक नेपालको कपिराइट दाबीले डिलिट हुन्छ । भक्तराज आचार्यका चार एल्बमको रेकर्डिङ रेडियो नेपालमा भएको छ । तर, कपिराइट म्युजिक नेपालसँग छ ।   

‘यस्तो पनि हुँदो रहेछ’जस्ता १५० गीत लगेको म्युजिक नेपालले यादव खरेललाई अहिलेसम्म जम्मा सात हजार दिएको छ । 

आजको कान्तिपुर दैनिकले स्थानीय तहमा बढेको अनियमितता र भ्रष्टाचारको समाचार कभर स्टोरी बनाएको छ । ‘अनियमिततामा डुब्दै स्थानीय तह’ शिर्षकमा कान्तिपुरले मुख्य समाचार प्रकाशित गरेको छ । गाउँपालिका, नगरपालिका र प्रदेश सरकारका हरेक निकायमा अनियमितता बढेका छन् । पालिकैपिच्छे उजुरीका चाङ छन्, यहाँ सम्मकी छोरा बुहारी सडक बनाउने बाबुले अनुगमन गर्ने सम्मका हर्कत भएका छन् ।   

राजधानी दैनिकले उच्च पदस्थ कर्मचारी, नेता, पूर्वप्रधानमन्त्री, मन्त्री तथा न्यायालयका पदाधिकारीहरुले कानुनविपरित सुरक्षाकर्मी राखेर रवाफ देखाउने गरेको समाचार प्रकाशित गरेको छ । पत्रिकाका अनुसार सुरक्षाका नाममा ५ सय सुरक्षाकर्मीको उच्च पदस्थहरुले चरम दुरुपयोग गरेका छन् ।   

सुरक्षाकर्मी दुरुपयोग गर्नेहरुमा सबैभन्दा धेरै पुर्वमन्त्रीहरु रहेका छन् । राजधानी दैनिकमा विप्लम माओवादीका केन्द्रीय तहका नेताहरु धमाधम पक्राउ गरेपछि तल्लो स्तरका नेता कार्यकर्ताहरु बढि सक्रिय भएको सुरक्षा विष्लेषणको समाचार छ । सुरक्षा संयन्त्रको विष्लेषण अनुसार केन्द्रीय नेताहरु पक्राउ परेपछि तल्लो स्तरका नेताहरु फिल्डमा खटिएका छन् ।   

गोरखापत्र दैनिकले वेपत्ता र सत्यनिरुपण आयोगमा पदाधिकारीको नाम सिफारिस परेको समाचार प्रकाशित गरेको छ । समाचार अनुसार विधेयक संसोधन गर्न उच्चस्तरीय सहमति समेत दलहरुविच भएको छ । सत्य निरुपणका लागि गणेशदत्त भट्ट र बेपत्ता तथा छानबिन आयोगका लागि पूर्वन्यायाधिश युवराज सुवेदीको अध्यक्षतामा पाँचरपाँच सदस्यीय पदाधिकारी सिफारिस गरिएको छ । 

यस्तै भीमफेदी–कुलेखानी सुरुङ मार्ग प्रदेश सरकारले बनाउने अर्को समाचारपनि छ ।   

नागरिक दैनिकले भने अन्नपूर्ण पदमार्गमा हिमपहिरो जाँदा तीन नेपाली सहित ७ जना वेपत्ता भएको समाचार प्रकाशित गरेको छ । भने, आइजीपी बन्न दौडधुपको अर्को समाचार पनि छ ।   

अन्नपूर्ण पोस्टले ‘थेत्तरा मेडिकल कलेज शिर्षकमा समाचार प्रकाशित गरेको छ । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना गरेका छैनन् । बर्सेनी ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन् । सरकारको निर्देशनसमेत अटेर गरेका छन् । 

उनीहरूले अतिरिक्त शुल्क समायोजन वा फिर्ता जुन अनुकूल हुन्छ त्यही गर्ने सहमति शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेका थिए । त्यो काम भोलिपल्टदेखि नै गर्ने प्रतिबद्धता उनीहरूले जनाएका थिए । तर, विद्यार्थीलाई भर्पाई नदिई शुल्क असुलेका कलेजले फिर्ता दिनुको साटो मानसिक तनाव दिँदै थप शुल्क लिएको पाइएको छ । कलेजले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएका छन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *