आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

पुस १७, पर्सा । आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेको छ। 

पर्सा प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पर्सागढी नगरपालिका(५ पचरुखा बस्ने २७ वर्षीय देवा महतो रहेका छन् । प्रहरीले २३ वर्षीया श्रीमती ललिता देवीलाई कुटपीट गरी हत्या गरेको अभियोगमा महतो बिहीबार पक्राउ परेका हुन् । 

एक महिना अगाडि श्रीमानको कुटपिटबाट घाइते भएकी ललिताको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । महतोलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =