राष्ट्रियसभा बैठक : एमसीसी र सीमा विवादबारे बहस

पुष १६, काठमाडौँ । राष्ट्रियसभा बैठकमा चर्चाको विषयमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको बारेमा बहस भएको छ ।   

बुधबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजना र सीमा विवादका विषयमा सरकाले सदनलाई जानकारी गराउने पर्ने माग गरे । उनले मन्त्रीहरुले आफ्नो आफ्नो धारण दिरहेका बताउँदै सरकरले अझै यस विषयमा स्पष्ट धारण नराखेको बताए ।   

त्यस्तै उनले नेपाल ट्रष्ट र उखु किसानका विषयमा आफ्नो धारण राखेका थिए । उनले उखु किसानको समस्या चाँडौ समाधान हुनु पर्ने धराण राखे ।   

यस्तै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले कम्युनिष्ट पार्टी चौतर्फी घेराबन्दीमा परेको बताए । एमसीसी परियोजनाका विषयमा मन्त्रीहरुको एउटा धारणा र शीर्ष नेताहरुको अर्को धारणा आउनुले शंका उत्पन्न गरेको उनको तर्क थियो ।   

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले विप्लव समूहसँग तत्काल वार्ता गर्न आग्रह गरिन् ।  साना झिल्कोले पनि डढेलो लाग्न सक्ने भन्दै उनले तत्काल विप्लव समूहलाई वार्तामा ल्याउन आग्रह गरिन् ।   

यस्तै राष्ट्रियसभा सदस्य रमेश प्रसाद यादवले निजगढ विमानस्थल सञ्चालनका सन्दर्भमा धेरै पहिले देखि चलखेल कुँदै आएको स्मरण गर्दै काम तत्काल सुरु गर्न माग गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *