रौतहटमा अज्ञात समूहले स्काभेटर जलाए

पुस २४, रौतहट । बिहिबार बिहान रौतहटमा अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी भएको छ ।  

रौतहटको गुजरा नगरपालिका–३ मा बिहानको २ बजेको समयमा समूहद्वारा बा २ ख ८९५४ नम्बरकोस्काभेटरमा आगजनी गरिएको हो ।  

हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको उक्त स्काभेटर आगजनी हुँदा  महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ । 

आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको थियो । आगजनी हुँदा  स्काभेटर को महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार स्काभेटरमा कसले आगजनी गरेको हो खुल्न नसकिएको र घटनाबारे अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *