‘सिद्धबाबा’लाई थुनामा राख्नुपर्ने भन्दै उच्च अदालत अगाडि महिला अधिकारकर्मिहरुको धर्ना

माघ २, काठमाडौं । विराटनगरस्थित उच्च अदालतबाहिर ‘सिद्धबाबा’ कृष्णदास भनिने कृष्णबहादुर गिरीविरुद्ध महिला अधिकारकर्मीहरुले धर्ना दिएका छन् । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गिरीलाई थुनामा राख्‍नुपर्ने आदेशसहित बिहीबार अदालत अगाडि पीडित पक्षधर, अधिकारकर्मी, महिला अगुवा लगायतले धर्ना दिएका हुन्। 

धर्नामा उत्रिएका महिला अधिकारकर्मीहरुले बलात्कार आरोपी गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग गरेका छन्। जबर्जस्ती करणी आरोप लागेका गिरीलाई यसअघि सुनसरीको जिल्ला अदालतले पुस १४ गते तीन लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो। 

यद्यपि, जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। 

Image result for siddha baba krishna giri

अर्कोतर्फ गिरीले पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका थिए। 

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाइका लागि मुद्दा लगाउमा राख्न आदेश दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *