आकस्मिक सैनिक हेलिकप्टर अवतरण हुँदा प्रधानसेनापति नै बेपत्ता

२०७६ पुस १७ गते

पुस १७, ताइवान । बिहिबार बिहान ताइवानमा १३ जना सवार सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधानसेनापति नै बेपत्ता भएका छन् ।
उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण हुँदा ब्लाक हक नामक उक्त सैनिक हेलिकप्टर अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङ बेपत्ता भएका भएका हुन् ।
बपेत्ता भएका सेन यी मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै गर्दा उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गर्नुपर्दा उनी सहित थप तीन जना बेपत्ता भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।
ताइवानी रक्षा मन्त्रालयका अनुसार हेलिकप्टरमा सवार केहीको भने उद्दार गरिएको छ ।

२०७६ पुस १७ गते
प्रतिक्रिया