हातहतियार देखाई धाकधम्की दिने दुई जना पक्राउ

पुस २४, काठमाडौँ । प्रहरीले गएराती काठमाडौँमा गुन्डागर्दीमा संलग्न रहेको आरेपमा दुई जनालाई पक्राउ गरेको छ ।   

काठमाडौँको ठमेलबाट हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   

बाग्लुङ् ढोरपाटन नगरपलिका ६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्र बहादुर घर्तिमगर र धादिङ निलकण्ठ नगरपालिका ३ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेललाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।   

Image result for पक्राउ

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =