पूर्व धावक जितबहादुर केसी सम्मानित

काठमाडौं, माघ ११ गते । कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ । 

कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक  प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । 

फिलिपिन्सको मनिलामा १९७३ मा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा केसीले कांस्य जितेका थिए । पहिलो वार्षिक खेलकुद दिवसमा कखराले करातेका पर्शुराम बाँस्तोलालाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण पनि गरेका थिए । 

कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला पूर्व धावक जितबहादुर केसी (बीच) लाई प्रशंसा पत्र प्रदान गर्दै । साथमा कखराकी संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरे ।

उमा कुङफुको रेफ्री सेमिनार 

नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार जोरपाटीस्थित शेर्पा प्यालेसमा शनिबार सम्पन्न भएको छ । 

काठमाडौंमा फागुनमा हुने पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी सञ्चालन गरिएको सेमिनारमा १५ रेफ्रीको सहभागिता रहेको उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । सहभागीहरुमा श्याम डंगोल, कुसुम तामाङ, डोमा तामाङ, रवि महर्जन, सञ्जयराज पुटुवार, मओज विन्दुकार, कमल मगर, प्रदीप राउत, प्रतिमा राउत, सरिना घले, रिनामाया तामाङ, अभिशेष श्रेष्ठ, रविन श्रेष्ठ, पासाङ तामाङ र जीवन गुरुङ रहेका छन् । 

सहभागीलाई उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक लामाले व्यवहारिक र पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरले सैद्धान्तिक ज्ञान बारे जानकारी गराएका थिए । सहभागीलाई उमा कुङफु संघका उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भुपेन्द्र गुरुङ, सचिव रमेश महर्जन र सदस्य अशोक केसीले प्रमाण पत्र वितरण गरे । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वितरण गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको घोषणा २०७६ साल माघ १२ गते आइतबार  गर्ने भएको छ । आएतबार अपरान्ह १ बजेर १५ सिमनेटमा होटल रोयल सिंगी दरबार मार्गमा कार्यक्र गरी अवार्ड घोषण हुने छ ।   

  

    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *