धरानमा हात्तीसार एक्स्पो आयोजना हुँदै

माघ १७, काठमाडौँ । धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको आयोजनामा यहि माघ १९ गतेबाट  २१ गते सम्म तीन दिने हात्तीसार एक्स्पो २०२० आयोजना हुने भएको छ ।   

जलवायु परिवर्तन, पोषण जाँच तथा वैज्ञानिक आविष्कार लगायतका क्षेत्रको महत्व बुझाउनुका साथै क्याम्पसमा भईहरेको गतिविधी भौतिक पुर्वाधार ,बिकास, आधुनिक प्रयोगशाला र अध्ययन अनुसन्धानलाई समाज र जनमानसमा पुर्याउने उदेश्य सहित सो एक्स्पो गर्न लागिएको कलेजको सभाहलमा शुक्रबार गरिएको पत्रकार  सम्मेलनमा सो कुरा जानकारी दिईएको हो । 

 केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार तथा स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजना र कलेजका बिभिन्न क्षेत्र तथा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा आयोजना हुने सो एक्स्पोका प्रचारप्रसार संयोजक धिरेन लिम्बुले जानकारी दिए । 

 सोही एक्स्पोमा परम्परागत देखी आधुनिक खानाहरुको  प्रर्दशनी, पोषण जाँच तथा परामर्श सेवा, वैज्ञानिक आविस्कारको प्रदर्शनी,  धरान क्षेत्रको भौर्गभिक नमुनाहरुको प्रर्दशनी, कोरोना तथा डेंगु लगायतका भयावह रोगहरुसम्बन्धी जनचेतनामुलक जानकारी, रोग निवारणमा औषधीजन्य बनस्पतिहरुको प्रभावको जानकारी,जलवायु परिवर्तन सम्बन्धी जानकारी,जीवजन्तु सम्बन्धी खोजमुलक प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानिय कालाकारहरुको सांगितीक प्रस्तुती  समेत रहने आयोजकले जनाएको छ ।   

केन्द्रीय प्रबिधि क्याम्पस हात्तीसारकै खेल मैदानमा हुन लागेको सो एक्स्पोमा क्याम्पसका प्रत्येक संकायको कम्तीमा ३÷३ वटा गरी ५० वटा स्टलहरु राखिनेछ ।  माघ १९ गतेबाट सुरु हुने सो एक्स्पोका लागी बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । 

जसमा सचिवालय उपसमिति, प्रचार प्रसार उपसमिति,सुरक्षा उपसमिति,सरसरफाई उपसमिति, स्टेज तथा सरसजावट व्यवस्थापन उपसमिति र पार्किङ,खानेपानी उपसमिति समेत गठन गरी तयारी थालिसकेको क्याम्पसका  निमित्त प्रमुख दिल कुमार लिम्बुले जानकारी दिए ।   

करिब १३ लाखको अनुमानित लागतमा हुन लागेको सो एक्स्पोमा राष्ट्रिय कलाकार सबिन राई , सुगम पोखरेल लगायतले प्रस्तुती दिने आयोजकले जनाएको  छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *