होमवर्क नगर्दा विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

माघ १४, सिरहा ।  होमवर्क नगरेको भन्दै एक विद्यार्थीको हातै भाँच्चिने गरी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।   

सिरहाको मिर्चैया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत १२ वर्षीय रितिक यादवलाई हात नै भाँचिने गरी कुट्ने शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

पाठशालाको होस्टलमै रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ बस्ने रितिकको शिक्षकको कुटाईबाट बायाँ हात नै भाँचिएको छ ।   

पक्राउ परेका  कार्कीमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *