लागूऔषध किन्ने र बेच्ने तीनै जना पक्राउ

२०७६ माघ ७ गते

माघ ७, गोरखा । गोरखामा प्रतिबन्धित लागूऔषध किन्ने र बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको अजिरकोट गाउँपालिका ५ रातामाटामा लागूऔषध लागूऔषध गाँजा किन्ने र बेच्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अजिरकोट ५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका–४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेललाई पक्राउ गरिएको छ ।
पक्राउ परेका मध्ये तामाङ र भुजेल खरिदकर्ता हुन् भने नरबहादुर बिक्रीकर्ता रहेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुको साथबाट ६ सय ग्राम गाँजा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

२०७६ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित