खैरहनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै


पुष २१, चितवन । चितवनको खैरहनी नगरपालिकामा यही पुष २७ गतेदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा २७ गतेदेखी २९ गतेसम्म खैरहनी माध्यमिक विद्यालयको चौरमा प्रतियोगिता हुन लागेको हो ।
स्थानीय तह भएपछि खैरहनी नगरपालिका आफैले दोश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले जानकारी दिए । खैरहनी नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि ३५ वटा विद्यालयले सहभागीता जनाउन पाउने वताए ।
प्रतियोगितामा एथलेटिक्स,भलिवल, कबर्दी र तेक्वान्दोका खेलहरु हुनेछन् । ति खेलहरुमा छात्र र छात्राको फरक फरक प्रतिस्पर्धा हुनेछ । दौड तर्फ १ सय मिटर देखी ३ हजार मिटरसम्म र रिले दौड,तेक्वान्दोमा पुरुष ४५ किलो मुनि,४८ किलो मुनि र ५१ किलो मुनि तौल समुह तथा महिला ४२ किलो मुनि,४४ किलो मुनि र ४६ किलो मुनि तौल समुहमा प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक धनवबहादुर दराईले वताए ।
