कछुवाको तालमा सडक निर्माण

पुस २२, विराटनगर । मुलुक संघियतामा गएसँगै संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार गरी तीन तहमा बिभाजन भएको छ भने जनताले रोजेको जनप्रतिनिधि पाएको छ ।
सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने मिठा नारा भए पनि जनताले खासै अनुभुती गर्न सकेका छैनन् । विराटनगर महानगरपालिका ७ देवकोटा चोकस्थित सडक निर्माणका कार्य थाले सँगै सडक भत्काएर निर्माण कार्य सुरु गरेको २ महिना भईसक्यो । आसिस कन्ट्रक्सनले जिम्मा लिएको उक्त कार्य २ महिना भईसक्दा पनि काम कछुवाको तालमा भएकाले खासै फड्को मार्न सकेको छैन ।
उक्त क्षेत्रमा प्रदेश सभा सचिवालयको कार्यालय, नेपाल रेडक्रस सोसाइटी, सामाजिक विकास मन्त्रालय लगायतका उच्च ओहदाका कार्यालयहरु छन् । सडक निर्माणका लागि भत्काएका बाटोमा सवारी साधन आवतजावत गर्न असहज त स्वाभावैले छँदैछ ।

पैदल यात्रुहरुका लागि आवतजावत गर्न हम्मे हम्मे पर्छ भने निर्माण कार्यमा ढिला सुस्ती भएका कारण व्यापार घाटामा गएकाले व्यवसायमा असर परेको स्थानिय व्यापारीहरुको गुनासो छ । बिराटनगर ८ का सुजित घिमिरे भन्छन् २ महिना देखि व्यापार घाटामा गएको छ । कहिले काही त दोकान खोल्न मात्रै पर्छ । उनी जय महालक्ष्मी किराना सप्लायर्सका संचालक हुन् ।
उनका अनुसार यो भन्दा अगाडी ७५ प्रतिशत व्यापार हुन्थ्यो भने पछिल्लो समय २५ प्रतिशत मात्रै व्यापार हुने बताए । सोहि स्थानका ५५ वर्षिया मुहम्मद सम्सुलको पनि अवस्था उस्तै छ ।
रिप्यरिङ सेन्टरका संचालक आलम भन्छन् ‘न साईकल आउछ न मान्छे ओहोरदोहोर गर्ने बाटो’ यस्ले गर्दा आम्दानी हुँदैन घरखर्च चलाउन हम्मे हम्मे परेको छ । निमार्ण कार्यमा ढिलाई नगरी तिव्रता बढाए व्यापारमा घाटा व्यर्होनु नपर्ने उनी बताउँछन् ।’








