रत्ननगरको सालघारीमा कराँते प्रतियोगिता सुरु


माघ १७, चितवन । प्रदेशस्तरीय कराँते प्रतियोगिता चितवनको रत्ननगरमा सुरु भएको छ । नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीको आयोजनामा पञ्चदिप आधारभूत विद्यालयमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री दुलालले मुलुकले राजनितिक उपलब्धी प्राप्त गरिसकेको भन्दै समृद्धीको महाअभियानमा जुट्न आह्वान गरे । उनले भने ‘अबको उर्जा समृद्धीमा खर्चनु पर्छ । मुलुक समृद्धीका लागि युवाहरुको भुमिका अहम हुन्छ,यसमा सबै जुटौ ।’ खेललाई मनोरञ्जन,भातृत्व संग मात्र नजोडि व्यवसायिक जीवनको सुरक्षासंग जोड्नु पर्नेमा उनको जोड थियो । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरलाई समृद्ध बनाउन भौतिक पूर्वाधार निर्माण मात्र नभई शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, जातियताको संरक्षण र विकास गर्नु पर्ने बताए ।
नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीका अध्यक्ष लालवहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य सरोजध्वज भण्डारी लगायतले मन्तव्य राखेका थिए । शनिवार सम्म चल्ने प्रतियोगितामा बागमती प्रदेशको ११ जिल्लाबाट १ सय ९७ जना खेलाडी सहभागी छन् ।
