मर्मतपछि वेल्डिङ गर्ने क्रममा कारमा आगलागी

२०७६ पुस १६ गते

पुस १६, काठमाडौं । धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा वेल्डिङ गर्ने क्रममा एउटा कारमा अचानक आगलागी भएको छ ।
वर्कशपमा मर्मतपछि वेल्डिङ गर्ने क्रममा बा.६ च २१५५ नम्बरको कारमा बुधबार अचानक आगलागी हुदाँ कार जलेर पूर्ण रुपमा क्षती भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
null

२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित