अक्षय कुमारले मागे एउटा फिल्मको लागि १ अर्ब २० करोड पारिश्रमिक


माघ १४, काठमाडौँ । हालसालै गुड न्यूज जस्तो हिट फिल्म दिएर अर्को फिल्ममा व्यस्त रहेका भारतीय नायक अक्षय कुमारले नयाँ चलचित्रको लागि आफ्नो पारिश्रमिक १ अर्ब २० करोड मागेकाे खबर बाहिरिएको छ ।
तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार यो खबर पूर्ण रुपमा गलत भएको खुल्न आएको छ ।
अक्षय कुमारका निजि स्रोतलाई उद्धृत गर्दै डेक्कन क्रोनिकलले लेखेका छन्, ‘फिल्मबारे छलफल भइरहेको छ । पारिश्रमिकबारे अहिलेसम्म केही सम्झौता भएको छैन । अर्को कुरा अक्षय कुमार आफ्नो पारिश्रमिक पहिले नै लिँदैनन् । उनी फिल्मको समग्र बक्स अफिस नाफाको हिस्सा लिन्छन् । अक्षय ती सबै फिल्मका निर्माता हुन् जसमा उनी अभिनय गर्छन्, यस्तो अवस्थामा पारिश्रमिकको कुरा कहाँबाट आयो ?’
अक्षय कुमारका नजिकका साथीलाई उद्धृत गर्दै उनी थप्छन्, ‘कुनै स्टारको बजारको भाउ बढाउनका लागि यो मात्र एउटा अफवाह हो । अक्षय कुमार हिन्दी सिनेमाका सुपरस्टार हुन्, यसमा कुनै शंका छैन । सन् २०१९ मा उनले चार सुपरहिट फिल्म दिएका छन् । त्यसकारण उनको पारिश्रमिक थाहा पाउनेहरु त्यति बिघ्न चकित हुनुपर्ने कुरा छैन । वास्तविकता यो हो कि भारतमा अहिलेसम्म कुनै पनि कलाकारले यति धेरै रकम पाएका छैनन् त्यसकारण सबैजना चकित परेका छन् ।’
