नेपाली- अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदै

माघ १०, काठमाडौं ।  नेपाली सेना र अमेरिकी सेनाबीच काठमाडौंमा एक महिना संयुक्त अभ्यास हुने भएको छ। नेपाली सेनाको स्रोतका अनुुसार आगामी फागुन ५ गते संयुक्त सैन्य अभ्यास सुरु हुनेछ। 

काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाले जनाएको छ । संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुनेछन्। 

एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकी सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *