‘नागरिक स्वतन्त्रता प्रतिकूल ऐन बनाउने सरकारको कदमप्रति कांग्रेसको समर्थन छैन’

२०७६ पुस १७ गते

पुस १७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै संसद् विकास तथा प्रविधि समितिले पारित गरेको विधेयक सच्याउन सरकारसँग माग गरेका छन् ।
कांग्रेसले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेको हो । समितिबाट पारितपछि अघि बढाइएको विधेयक संविधान प्रतिकूल हुने, मौलिक अधिकार हनन हुने र नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कांग्रेसले ठहर गरेको छ ।
कुनै पनि बहानामा नागरिक स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधान प्रतिकूल ऐन नियम बनाउने सरकारको कदमप्रति समर्थन जनाउन नसकिने भन्दै उसले जनतालाई समेत त्यो कदमबाट सरकारलाई सच्चिने गरी आवाज उठाउन अपिल गरेको छ ।
null

२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित