डिआइजी सिंहको एआइजीमा बढुवा, प्रहरी अस्पताल प्रमुखको जिम्मेवारी

२०७६ माघ ८ गते

माघ ८, काठमाडौं । डिआइजी आशा सिंहलाई एआइजीमा बढुवा गरिएको छ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्राविधिकतर्फको प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएकी सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
माघ ट गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार बढुवा भएकी सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । । एआइजीमा बढुवा भएसँगै सिंहले प्रहरी अस्पताल प्रमुखको जिम्मेवारी पाएकी छिन्।
उक्त अवसरमा आइजी खनालले पदोन्नती एआइजी सिंहलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।

२०७६ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित