संकटालाई हराउँदै नेपाल पुलिस क्लब बिजयी

पुस १६, काठमाडौँ ।  बुधबार ललितपुरको सातदोबाटोमा अवस्थित एन्फा कम्प्लेक्स खेल मैदानमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।   

शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले संकटालाई २–१ गोलले हराउँदै जित हासिल गरेको हो ।   

जारी लिगमा पुलिसको यो दोस्रो जित हो । पुलिसको जितमा सुमन लामाले एक गोल गरेका हुन् ।   

null

संकटाका अमित तामाङले एक आत्मघाती गोल गरेका थिए ।  तामाङबाट भएको आत्मघाती गोलमा पुलिसले १५ औँ मिनेटमा अग्रता लिएको थियो। 

त्यसपछि १८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै संकटालाई बराबरीमा ल्याए । 

 सुमनले खेको ३५ औँ मिनेटमा गोल थपेर अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा सुमनको त्यही गोनलै पुलिसको जितमा निर्णायक बन्न सफल भयो  ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *