इराक स्थित अमेरिकी बेस क्याम्पमा दर्जनौ मिसाइल आक्रमण

पुस २८, एजेन्सी । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ । 

सोही सिलसिलामा आज पनि इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ। इराकको एक सैन्य बेस क्याम्पमा इरानले एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो । यो आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् ।   

इरानको सरकारी टेलिभिजन च्यानल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो ।   

इरानी गार्डहरूले भन्दै आएका छन् कि उनीहरूको जनवरी ८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि थिएन । तथापि, अहिले यो कुरा स्पष्ट भएको छ, इरानको अमेरिकाबिरूद्धको दृष्टिकोण अहिलेसम्म परिवर्तन भएको छैन र उ आक्रामक रणनीति नै अख्तियार गरिरहेको छ । 

यद्यपि,अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ । तर  दुई देश बीचको सम्बन्ध सामान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ । यस्तो अवस्थामा दुई देशबीचको तनाव अझ बढ्न सक्ने संकेत देखिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।  

अघिल्लो हप्ता अमेरिकी सेनाको आक्रमणमा इरानी सेनाका कमाण्डर सुलेमानीको हत्या भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *