२० औं गोधुली कप फुटवलमा वडा नं. १६ र ८ विजयी

पुस २४, काठमाडौं । सुनसरीको धरानमा जारी २० औं अन्तर वडा स्तरीय गोधुली फुटबल रनिङ कप अर्न्तगत बिहिबार भएको दुई खेलमा वडा नम्बर १६ र ८ विजयी भएका छन् । 

धरानको प्रादेशीक रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर १६ ले १३ लाई  १–० गोलको अन्तरले पराजित गर्दै जित निकालेको छ । 

प्रतियोगितामा खेलको म्यान अफ द म्याच घोषित भएका धरान १६ का खेलाडि मन्दिप बस्नेतले एक गोल गरेका थिए । बस्नेतले १ हजार ५ सय नगद र मेडल हात पारे ।   

हिजो नै भएको दोस्रो खेलमा धरान ८ ले १४ लाई १–० गोलको अन्तरले पराजित गरेको छ । खेलमा वडा नम्बर ८ का अमोद माँझिले एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि माँझि नै घोषित हुँदै नगद १ हजार ५ सय र मेडल पाएका छन । 

आज शुक्रबारको पहिलो खेल वडा नम्बर ६ र ७ बीच र दोस्रो खेल वडा नम्बर १ र १८ का बीच हुनेछ ।  यस अघि गत सोमबार नै भएको खेलमा वडा नं. ७ ले ९ लाई र वडा नं. १ ले २ लाई पराजित गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *