गोलरहित बराबरीमा जाउलाखेल र एनआरटी

२०७६ पुस २१ गते

पुष २१, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको पहिलो खेलमा जाउलाखेल युथ र एनआरटी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेकनन् ।
बराबरीसँगै दुवै टोलीले एक एक अंक पाएका हुन् । यससँगै जाउलाखेलले पाँच खेलबाट नौ अंक बनाएको छ ।
एनआरटीको समान खेलबाट पाँच अंक छ । अघिल्लो सिजन लिगको अन्तिममा रहेकोले यसपटक एनआरटीको दुई अंक घटाइएको छ ।
यसैबीच आज अर्को खेल पनि हुँदैछ । दिउँसो ३ बजे हुने खेलमा मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् ।
लिगमा १० अंक सहित शीर्ष स्थानमा रहेको मनाङलाई नौ अंक सहित दोस्रो स्थानमा रहेको मच्छिन्द्र बलियो टक्कर दिने तयारीमा छ । मनाङलाई हराएमा मच्छिन्द्रले शीर्ष स्थान ओगट्ने छ ।

२०७६ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित