प्रदर्शनमा आएको २ दिनमै ‘दबंग ३’ को आक्रमक व्यापार
२०७६ पुस ६ गते

पुस ६, भारत । बलिउड अभिनेता सलमान खानको फिल्म ’दबंग ३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्मले प्रर्दशन भएको २ दिनमै बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।
ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार यो फिल्मले पहिलो दिन शुक्रबार २४ करोड ५० लाखको व्यापार गरेको छ । दोस्रो दिन फिल्मले २४ करोड हाराहारीको कमाइ गरेको अनुमान रहेको छ । फिल्मले दुई दिनमा ४७ करोड बढि कमाइसकेको बताइएको छ ।
प्रभु देवाले निर्देशन गरेको फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा, साईं मन्जरेकर र सुदिप किच्चाको अभिनय रहेको छ । यो फिल्ममा सलमान खानकै लगानी रहेको छ । दबंग ३ को बजेट लगभग १०० करोड रुपैयाँ बताइएको छ । एजेन्सी

२०७६ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








