अपडेटः अपहरित गाउँपालिका अध्यक्षकी श्रीमतीलाई जङ्गलमा छाडियो

पुस ६, दैलेख । अपहरित ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमतीलाई जङ्गलमा छाडिएका छन् । भने अध्यक्ष शाही अहिले अपहरित नै रहेको डिआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।   

अपहरण गरेर लैजाने समूहले शाहीकी श्रीमतीलाई बीच जङ्गलमा छाडेको उनको भनाइ छ । शनिबार राति १२ बजे प्रतिबन्धित विप्लव समूहले शाही र उनकी श्रीमतीलाई अपहरण गरेको थियो । उनीहरुलाई २० देखि २५ जनाको समूहले घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् ।   

विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =