कजाकिस्तानमा विमान दुर्घटना : १४ यात्रुको मृत्यु ३५ घाइते

पुस ११, काठमाडौं । कजाकिस्तानमा एक सय जना यात्रु रहेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा  १४  जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भने दुर्घटनामा ८ बालबालिका सहित ३५ जना घाईते भएका छन् ।  

उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो। 

दुर्घटनापछि विमानमा आगो लागेन। विमानस्थलका अनुसार केही यात्रुहरू जीवितै फेला परेका थिए। घटनास्थल नजिकै रहेका रोएटर्स समाचारसंस्थाका एक संवाददाताले उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो। 

आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ। 

अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए। विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएर एउटा दुईतले भवनमा जोतिएको बताइएको छ। 

उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ। 

दुर्घटनाको कारण पत्ता लगाउन एउटा छानबिन समिति गठन हुने बताइएको छ। एजेन्सी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *