आज यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

मंसिर २८, काठमाडौं । वि.सं. २०७६ मंसिर २८। शनिबार। इ.स. २०१९ डिसेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। द्वितीया, ९:४८ उप्रान्त तृतीया। नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु। योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि वणिज, २१:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन, २५:०१ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ३ पला। त्रिपुष्कर योग ७:२६ देखि ९:४८ बजेसम्म।
तपाईँको आजको राशिफल
मेष
null
पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् ।
वृष
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मिथुन
काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि होला ।
कर्कट
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्छ ।
सिंह
कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ ।
कन्या
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । समाजसेवामा मन लाग्नेछ ।
तुला
अचल सम्पत्ती हात पर्ने योगछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ ।
वृश्चिक
कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । कष्टकर र खर्चिलो यात्रा रहला ।
धनु
अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मित्र सुख मिल्नेछ ।
मकर
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कुम्भ
आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
मीन
बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । शत्रु पक्षपनि सबल रहनसक्छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल








