नेपालकै पहिलो ‘वान डे थ्री डी आर्ट’ रेष्टुरेन्ट सञ्चालनमा

पुस ०५, ललितपुर । नेपालमै पहिलो पटक स्थापना भएको थ्री डी आर्ट रेष्टुरेन्ट वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।   

पौष ४ गते शुक्रबार प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र विशिष्ठ अतिथि वरिष्ठ गायकद्धय रामकृष्ण ढकाल र धिरज राईंले ललितपुरको कुमारीपाटीमा स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् ।   

उद्घाटन कार्यक्रममा नायिका निता ढुंगाना, चलचित्र निर्देशक अमरदिप सापकोटा, चलचित्र सम्पादक तथा निर्देशक शक्तिप्रज्वल घिमिरे, निर्देशक प्रविण थापा, कलाकारहरु नविन लम्साल, विष्णु सापकोटा, व्यवसायी उज्जलजंग शाहलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।   

पछिल्लो समय मानिसहरु स्वादिष्ट भोजनका साथसाथै उपर्युक्त वातावरणको पनि खोजीमा हुन्छन् । त्यसैले अहिले अधिकांश व्यक्तिहरुले खाना मात्र नभई खाना खाने ठाउँको वातावरणलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । यहि आवश्यकतालाई मध्यनजर गरी ललितपुरको कुमारीपाटीमा नेपालमै पहिलो पटक  वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर विष्टको भनाई छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =