बक्सिङमा सनिलले जितेसँगै नेपालकाे स्वर्ण संख्या ५० पुग्याे
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमार्फत् नेपालले स्वर्ण संख्या ५० पुर्याएको छ ।
सोमबारसम्म ४९ पदक जोडेको नेपालका लागि बक्सिङमा सनिल शाहीले आज जित हासिल गर्दै स्वर्ण संख्या ५० पुर्याएका हुन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतीय खेलाडी भिरेन्द्रर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








