अस्पतालमै ‘बन्धक’ सुत्केरीलाई नगरपालिका प्रमुखको सहयोग

मंसिर २७, काठमाडौँ। उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।   

एक महिनाअघि सुत्केरी भएकी ललितादेवीले विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारबापत ३ लाख र औषधिको ५० हजार रुपैयाँ तिर्नुपर्नेछ । विराटनगरकै जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितलाई उपचारका लागि विराटनगर अस्पताल लगिएको थियो । बिल तिर्न सकेको भए उनी १० दिनअघि नै डिस्चार्ज हुन्थिन् ।   

ललिताले जन्माएका दुई शिशुमध्ये एकको सेन्टरमै मृत्यु भएको थियो । अर्की भने स्वस्थ छिन् । उनलाई सप्तरीस्थित घर ल्याइएको छ । गोपीकुमार पैसा जुटाउन गाउँ–गाउँ घुमिरहेका छन् । उनको घरबाहेक जग्गा छैन । ‘जग्गा भए बेचेरै पनि श्रीमतीलाई अस्पतालबाट ल्याउँथेँ,’ उनले भने । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =