बढ्यो सुनको मूल्य

मंसिर १५, काठमाडौं । साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा छापावाल सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भएको थियो भने आज सुन प्रतितोलामा ३ सय रुपैंयाले बढेको हो ।   

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको भने, चाँदी प्रतितोला ८ सय ५५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =