बागलुङ जीप दुर्घटना अपडेटः घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याईयो

मंसिर १७, बागलुङ ।  बागलुङको बुर्तिवाङमा जिप दुर्घटनापरी घाईते भएकालाई लिई मंगलबार अपरान्ह उडेको  नेपाली सेनाको हेलिकप्टर काठमाडौँ आईपुगेको छ ।   

आज  अपरान्ह २ः३५ मा घाइतेलाई बोकेर उक्त सेनाको हेलिकप्टर बुर्तिवाङबाट काठमाडौँका लागि उडेको थियो । 

नेपाली सेनाको हेलिकप्टर लिएर पूर्वमन्त्री विष्ट मङ्गलबार अपरान्ह २ः१० बजे बागलुङको बुर्तिवाङ पुगेका हुन् । दुर्घटनामा घाइते भएकाहरुलाई बोकेर पूर्वमन्त्री विष्टसहितको टोली काठमाडौँ फर्केको हो । 

Image result for घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याईयो

हाल घाइतेलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ । 

आज बिहान गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भिर घाइते भएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =