ट्रकको ठक्करबाट छोरालाई स्कुल पुर्याउन हिँडेका बाबुको मृत्यु

पुस ८, काठमाडौं । काठमाडौंको गर्जुधारामा आज (मंगलबार) बिहान ट्रकले प्रदेश ३–को ०२००९ प ७६२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।   

बिहान सवा ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा चन्द्रागिरि नगरपालिका–७ थानकोट, चेकपोस्टका ४१ वर्षीय अर्जुनबहादुर केसी रहेका छन् ।   

कलंकीमा रहेको एलआरआई स्कुलमा आफ्ना १० वर्षीय छोरालाई मोटरसाइकलमा राखेर पुर्‍याउन जाँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । केसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

Image result for दुर्घटना

दुर्घटनामा केसीका छोरा सामान्य घाइते मात्रै भएका छन् ।  

दुर्घनापछि ट्रक भागेको छ। ट्रकको नम्बर खुलेको छैन । खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =