फ्राइडे रिलिजमा दुई नेपाली चलचित्रको टक्कर बलिउडसँग

मंसिर २०, काठमाडौँ । फ्राइडे रिलिजको परम्परालाई धान्दै आजबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ ।
आजबाट सुनिल गुरुङको डेब्यु निर्देशन तयार भएको चलचित्र ‘माछा माछा’ र निर्देशक टेक पौरखीद्वारा निर्देशित चलचित्र ‘माया पिरिम’ एकैसाथ प्रदर्शनमा आएको हो । यी दुई नेपाली चलचित्र कमेडी जनरामा तयार पारिएको छ ।
यी दुई नेपाली चलचित्रको साथसाथै आजैबाट बलिउड चलचित्र ‘पति, पत्नी और वो’ पनि प्रदर्शनमा आएको छ ।

‘माछा माछा’
सुनिल गुरुङको डेब्यु निर्देशन मा तयार पारिएको ‘माछा माछा’ लाई क्राइम कमेडी जनरामा बनाईएको छ । सिनेमा आर्टको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा पैसाको पछि दौडने पात्रहरुको कथालाई समेटिएको छ ।
चलचित्रमा मुख्य पात्रमा कलाकार सौगात मल्ल, विजय बराल, सरिता गिरी, भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतलाई देखाईएको छ । कलाकार दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको संयुक्त लगानी बनेको यस चलचित्रलाई निर्देशक गुरुङले आफैले लेखेका हुन् ।
‘माया पिरिम’
निर्देशक टेक पौरखीद्वारा निर्देशित चलचित्र ‘माया पिरिम’ लभस्टोरी कमेडी जनरामा तयार पारिएको छ । चलचित्रमा कोशिश क्षेत्री, किरण चन्द, अनुपमा भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमन राई लगायत कलाकार रहेका छन् । चलचित्रमा सलोन बस्नेत र अन्जली अधिकारीलाई ‘फोटो खिचेर’ बोलको गीतमा नृत्य गरेको देख्न पाईन्छ ।
‘पति, पत्नी और वो’
आजैबाट दुई नेपाली चलचित्रलाई टक्कर दिन आएको बलिउड चलचित्र हो ‘पति, पत्नी और वो’ । अभिनेता कार्तिक आर्यन, अभिनेत्री, अनन्या पाण्डे र भुमी पेडनेकर अभिनित यस चलचित्र १९७८ मा रिलिज भएको अभिनेता सन्जय कुमार, विद्या सिन्ह र रञ्जित कौर अभिनेत चलचिको को रिमेक हो ।
चलचित्रमा भुमी, अनन्या र कार्तिकले पुनः उनीहरुको भूमिका निर्वाह गर्ने छन् । चलचित्रमा भुमीलाई कार्तिकको पत्नीको भूमिकामा देखाईएको छ भने अनन्यालाई वको भूमिकामा देखाईएको छ ।








