पाकिस्तानलाई पराजित गर्दै अनुपमाले जितिन् स्वर्ण
२०७६ मंसिर १८ गते

मंसिर १८, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार भएको कराँतेको ६८ केजी तौल समूहमाथि नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा अनुपमाले एसियन गेम्सकी कास्य पदक विजेता पाकिस्तानकी नर्गिसलाई ६–३ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
यसअघि उनले श्रीलंकाका कुलाथुंगा विजेकुनलाई ७–४ अंकमा पराजित गर्दै फाइनल पुगेकी थिइन्।

२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








