मौसमः पश्चिमी तथा मध्य पहाडी भू-भागमा बदली, हिमपातको सम्भावना
२०७६ पुस १५ गते

पुस १५, काठमाडौं । हाल देशको पश्चिमी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
भने, आज राती देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको शाखाले जनाएको छ ।
पौष १६ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भू-भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम खालको हिमपात पानी हुने संभाबना रहेको छ।
२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








