आज विभिन्न चाडपर्व रहेपनि दिएन सार्वजनिक बिदा, किन ?
२०७६ मंसिर २६ गते

मंसिर २५, काठमाडौं । बिहीबार विभिन्न समुदायको चाडपर्व रहे पनि सावर्जनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।
धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने, ‘बिहीबार कुनै पनि सार्वजनिक बिदा छैन, धर्म संस्कृतिअनुसार सम्बन्धित समुदायले बिदा पाउने छन् । बिहीबार नेवार समुदायको यःमरी पुन्ही र किराँत समुदायको उधौली पर्व परेकाे छ ।
null
२०७६ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








