१३ औँ सागमा महिला भलिबलमा नेपाललाई रजत पक्का, उपाधिका लागि भारतसँग भिड्दै

मंसिर १५, काठमाडौँ ।  १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक पक्का गरेको छ । सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गरी नेपालले इतिहास रचेको हो । अब नेपाल उपाधिका लागि भारतसँग भिड्ने छ ।   

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शनिबार भएको सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई ३–० ले पराजित गरेको हो । नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बनेको हो । नेपालले श्रीलङ्कालाई २५–१४, २५–१८ र २५–२१ अङ्कले हराएको हो ।   

सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जितेको थियो ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले नेपाली महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको प्रतिक्रिया दिए ।   

यस्तै शनिबार सम्पन्न अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ अङ्कले पराजित गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =