सिमेन्टमा नयाँ मापदण्‍ड लागू नगर्न गुणस्तर विभागलाई लेखाको निर्देशन

पुष ७ , काठमाडौं ।   गुणस्तर विभागलाई सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । 

गुणस्तर विभागले गत असार १८ गते सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै समितिले पुरानै सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

समितिले सोमबार उदयोग सचिव यमकुमारी खतिवडा र गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग सिमेन्टको मापदण्डबारे छलफल गरेको थियो । 

विभागले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरेको तर लेखा समितिलाई अहिले नयाँ मापदण्ड कार्यान्वयनमा नआएको भन्दै झुक्याएको लेखा समिति सभापति भरत शाहले बताए  । 

उद्योग सचिव यमकुमारी खतिवडाले  भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको बताइन्  । उनले ३ वर्षदेखि प्राविधिक कमिटीसँगको छलफलपछि नयाँ मापदण्ड लागू गरिएको उनले दावी गरिन् । 

समितिले थप छलफल गर्ने र अहिलेलाई पहिलेकै मापदण्ड कार्यन्वयन गर्न उद्योग मन्त्रालय र गुणस्तर विभागलाई निर्देशन दिएको छ । 

यता विभागले समेत पश्चिमी क्षेत्रका चुन ढुंगा खानीहरुमा एमजीओको मात्रा बढी हुने र उद्योगीहरुको खर्च कसरी कम गर्न सकिन्छ भनेर गृहकार्य गरिरहेको बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =