साग पुरुष फुटबलको उपाधि नेपाललाई, नेपालद्वारा भुटान २-१ गोलले पराजित
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) प्रतियोगिताको पुरुष फुटबलमा नेपालले उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको फाइन खेलमा भुटानलाई २-१ गोल अन्तरले पाराजित गर्दै नेपालले उपाधि चुमेको हो ।
खेलको १५ औं मिनेटमा अभिशेक रिजालले गोल गरेर नेपाललाई अग्रता दिएका थिए । तर खेलको ३७ औ मिनेटमा भुटानका चेन्चो ग्याल्सेनलेे गोल गर्दै बराबरी बनाएपनि खेलको दोश्रो हाफको ५० औं मिनेटमा सुनिल बलले दोश्रो गोल गरेपछि नेपालको पोल्टामा उपाधि परेको हो ।
नेपालले फुटबलमा उपाधि जितेसंगै नेपालले ५१ स्वर्ण जितेको छ ।
null
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








