फेकन फुटसलको फाइनल आज

मंसिर २८, काठमाडौं । राजधानीमा जारी स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको फुटवल प्रतियोगिताको फाइनल खेल आज भइरहेको छ । राजधानीको जि फोर फुटसल ग्राउण्डमा भइरहेको प्रतियोगिताको फाइनलमा सेतो गुराँस फुटवल क्लब र प्राइम इन्टरनेशनल फुटवल क्लब विच हुँदैछ ।
फेकनले आफ्ना सदस्यहरु विच विभिन्न छुट्ट्छुट्टै टिमहरु बनाएर प्रतियोगिता सञ्चालन गरेको हो । विशेष कारणवस रोकिएको प्रतियोगिताको फाइनल अहिले भइरहेको छ ।
स्थगित प्रतियोगिता सुचारु गरी विगतमा भएका कमिकमजोरीलाई सच्चाउदै फाइनललाई भव्य बनाउने फेकन अध्यक्ष युवराज कटुवालले बताए ।

प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय स्थान हासिल गर्नेले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता र कम गोल खाने गोलकिपरले नगद रु ५ हजार प्राप्त गर्ने बताइएको छ ।
युके एजुकेशन सम्बन्धी तालिम
यसैगरी फेकनले आफ्ना सदस्यहरुलाई एकदिने युके एजुकेशन सम्बन्धी कार्यशालाको आयोजना गरेको छ । शुक्रवार आफना सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फेकन उपाध्यक्ष गीता रिजालले बताइन् । कार्यक्रममा ५० वटा भन्दा बढि शैक्षिक परामर्श सस्थाहरुको उपस्थिति रहेको थियो ।








